वसन्त निरौलाको निर्देशनमा ज्वाइँ साब फिल्म बन्‍ने

हिमाल प्रेस १७ जेठ २०८० ११:०७
18
SHARES
वसन्त निरौलाको निर्देशनमा ज्वाइँ साब फिल्म बन्‍ने

काठमाडौँ– वसन्त निरौलाको निर्देशनमा फिल्म ज्वाइँ साब बन्ने भएको छ। निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

कमेडी र पारिवारिक कथामा बन्ने फिल्ममा कलाकार छनोट भइरहेको निर्देशक निरौलाले जानकारी दिए। उनका अनुसार फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद रहनेछ।

रेड आई फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मको छायांकन केही महिनापछि गरिने निर्देशक निरौलाले बताए। फिल्म नेपाल, क्यानडा र अस्ट्रेलियामा छायांकन गरिनेछ।

निर्देशक निरौलाले यसअघि विजयपथ, आवेग, मेला, राजनीतिलगायत फिल्मका साथै गीतहरूको निर्देशन गरेका छन्।

प्रकाशित: १७ जेठ २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =