एसएसपी तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन

हिमाल प्रेस १९ चैत २०८० ९:०८
4
SHARES
एसएसपी तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसएसपी कमल तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार सुनसरीमा आयोजित कार्यक्रममा तिउसिनालाई कमेन्डेसन प्रदान गरिएको हो।

हाल पाथीभरा जवान तालिम शिक्षालय झापाको समादेशक रहेका तिउसिना उच्च व्यवसायिक क्षमता भएका अधिकृत मानिन्छन्। हाल उनको नेतृत्वमा शिक्षालयमा व्यापक मात्रामा सुधारका कामहरु भएका छन्।

प्रकाशित: १९ चैत २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =