सरकारका मूल्य मान्यता अपनाउँदै काम गर्न सशस्त्र प्रहरीलाई गृहसचिव भट्टराईको निर्देशन

हिमाल प्रेस ४ जेठ २०८० २०:४४
12
SHARES
सरकारका मूल्य मान्यता अपनाउँदै काम गर्न सशस्त्र प्रहरीलाई गृहसचिव भट्टराईको निर्देशन

काठमाडौँ– गृहसचिव दिनेश भट्टराईले बिहीबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। सो क्रममा उनले सशस्त्रका कर्मचारीहरूलाई सरकारका मूल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै काम गर्न निर्देशन दिएका छन्।

सो क्रममा सशस्त्रका महानिरीक्षक राजु अर्यालले संगठनका कर्मचारीहरू नागरिक सुरक्षा, विपद् उद्दार, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि लगनशीलताका साथ परिचालित हुँदै आएको बताए।

राज्यको मेरुदण्डको रूपमा रहेको राजस्व एवम् भन्सार वृद्धि गर्ने कार्यमा भन्सार कर्मचारी, प्रहरी, स्थानीय व्यापारीलगायतका सम्बन्धित सरोकारवालाहरू सबैको रचनात्मक सहयोग अपरिहार्य हुने उनको भनाइ छ।

सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

गृहसचिवको निर्देशनका क्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)हरू चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, नेपाल सरकार गृह मन्त्रालयका सहसचिवलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरू उपस्थित थिए।

उक्त निर्देशनको भिडियो लाइभ गरी देशभरका सशस्त्र प्रहरी इकाइहरूमा प्रसारण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =