कांग्रेसले भन्यो : सरकार नै संसद् नचलाउने खेलमा लाग्यो

हिमाल प्रेस २८ चैत २०८० १२:३६ | Wednesday, April 10, 2024
कांग्रेसले भन्यो : सरकार नै संसद् नचलाउने खेलमा लाग्यो रामहरि खतिवडा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् चल्न नदिने सरकारको नियतप्रति आशंका रहेको बताएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा उनले कांग्रेसले संसद् अवरोध गर्न नचाहेको बताए।

‘हामी संसद अवरोध गर्न चाहँदैनौँ। संसदभित्र पसेर संसदमाथि प्रहार गर्ने ठगी गर्ने र संसद चल्न नदिने सरकारको नियतप्रति हाम्रो आशंका छ। त्यसैले निष्पक्ष छानबिन गर्न संसदीय समिति माग गर्छौैं,’ उनले भने। गएको पुसपछि सहकारी ठगीको कुरा सतहमा आउन थालेको बताए।

पोखराका सुर्यदर्शन सहकारी पीडित झन पीडित भएको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए।

‘प्रधानमन्त्रीले गठबन्धनको प्रमुखको रुपमा जवाफ दिन थाल्नुभयो। जो दोषी थियो त्यसलाई उम्काउने देखेपछि आयोग गठन होस्,’ उनले भने, ‘कोहीसँग ईर्ष्या र द्धेसले काम गर्न चाहँदैनौं।’ गल्ती छैन भने छानबिन तयार होस् भन्न किन सक्दैनन् भनि प्रश्न गरे।

फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए। गृहमन्त्रीलाई आफ्नै मन्त्रीले पैसा डुब्यो भन्दा पनि छानबिन गर्न नसकेको बताए। ‘मन्त्रीले नै मेरो पैसा उठाइदिए दुई तीन लाख रुपैयाँ दिन्छु भन्नुभएछ। यो कस्तो पार्टी र सरकार रहेछ ? उनले सोधे, ‘पैसा उठाउँदा पनि पैसा दिने कुरा मन्त्रीले गरेको त्यो पनि हामी जवाफ चाहन्छौँ।’

प्रकाशित: २८ चैत २०८० १२:३६ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast