रविले भेटे हर्क साम्पाङ

हिमाल प्रेस १८ चैत २०८० १३:५६
26
SHARES
रविले भेटे हर्क साम्पाङ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेट गरेका छन्।

भेटमा प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन्।

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गरेका छन्।

लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ। उनले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई प्रमुख साम्पाङको सुझाव दए। प्रहरीलाई ‘आम नागरिकलाई भर गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धता जनाए।

गृहमन्त्री र प्रमुख साम्पाबीच लागू औषध दुर्व्यवसनी नियन्त्रणबारे पनि छलफल जनाए।

नशाका लागि विभिन्न थरीका औषधि मिसाएर खाने प्रवृत्ति बढेको तर त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराए।

प्रकाशित: १८ चैत २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =