कप्तानीमा फर्किए बाबर

हिमाल प्रेस १८ चैत २०८० १२:३९
6
SHARES
कप्तानीमा फर्किए बाबर

कराँची- पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ।

यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फर्म्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो। बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टि-२० र एकदिवसीय दुबै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी-२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो। साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३-० र टी-२० क्रिकेटमा ४-१ ले नराम्रोसँग पराजित भएको थियो।

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी-२० क्रिकेट खेल्दैछ।

प्रकाशित: १८ चैत २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =