‘पुजार सार्की’मा ‘मेघराज खत्री’ बने पल

हिमाल प्रेस १७ चैत २०८० १२:५४
6
SHARES
‘पुजार सार्की’मा ‘मेघराज खत्री’ बने पल

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ मा नायक पल शाह नयाँ गेटअपमा देखिएका छन्। चकलेटी हिरोको पहिचान बनाएका पलले यसमा नयाँ किसिमको गेटअपमा देखिएका छन्। फिल्म टिमले सार्वजनिक गरेको फोटोमा नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेको।

फोटोमा पल काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन्। शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ।

यो फिल्म दिनेश राउतले निर्देशन गर्न लागेका हुन्। उनको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहनेछ।
यो फिल्मलाई विकास सुवेदीले लेखेका छन्। राउतले ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्।

सुवास भुसालले निर्माण र राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन्।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्।

यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ।

प्रकाशित: १७ चैत २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =