२ दिनमै १४ लाख बढीले हेरे युट्युवमा ‘पुजार सार्की’

हिमाल प्रेस २६ वैशाख २०८३ ११:०८ | Saturday, May 9, 2026
8
SHARES
२ दिनमै १४ लाख बढीले हेरे युट्युवमा ‘पुजार सार्की’

काठमाडौँ- नेपाली फिल्म ‘पुजार सार्की’ युट्युबमा मन पराइएको पाइएको छ। दुई दिनमै फिल्मलाई १४ लाख बढीले हेरेका छन्। हलमा लागेको एक वर्षपछि युट्युवमा रिलिज गरिएको थियो। युट्युवमा हेर्ने क्रम पनि जारी छ।

आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।

त्यसबेला दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म हल रिलिजको झन्डै २ वर्षपछि डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आएको हो।

सामाजिक कथावस्तुमा आधारित फिल्म दिनेश राउतको निर्देशनमा बनेको हो। सुवास भुसाल निर्माता रहेको फिल्म विकास सुवेदीले लेखेका हुन्।

हलमा सुपरहिट बनेपछि दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई युट्युबमार्फत सार्वजनिक गरेको निर्माण टिमले जनाएको छ।

फिल्म ‘ओएसआर मुभिज’को युट्युबमा सार्वजनिक छ।

प्रकाशित: २६ वैशाख २०८३ ११:०८ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast