विश्वकप छनोटमा नेपालको लगातार हार

हिमाल प्रेस १४ चैत २०८० ७:०३
6
SHARES
विश्वकप छनोटमा नेपालको लगातार हार

काठमाडौँ- फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० गोलअन्तरले पराजित भएको हो।

बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल- अस्वादले समान १र१ गोल गरे।

समूह ‘एच’ मा रहेको नेपाल ४ खेलमा अंकविहीन रहँदै पुछारमा छ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग ४-०, यमनसँग २-० र बहराइनसँग पहिलो खेलमा ५-० गोल अन्तरले पराजित भएको थियो। यसै समूहमा यूएई १२ अंकसहित शीर्ष स्थानमा छ।

९ अंकसहित बहराइन दोस्रो र ३ अंक जोडेको यमन तेस्रोमा छ। यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३-० ले पराजित गरेको छ। योसँगै यूएईले शतप्रतिशत जित हासिल गरेको छ।

प्रकाशित: १४ चैत २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =