सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार?

हिमाल प्रेस १३ चैत २०८० ११:३१
68
SHARES
सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ‍- आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य घटेको हो।

त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। सोमबार तेजाबी सुन तोलामा १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १३ चैत २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =