मातृभाषी फिल्म प्रवर्धन गर्न सबै आदिवासी जनजाति एकजुट हुन आवश्यक

हिमाल प्रेस १२ चैत २०८० १२:३२
12
SHARES
मातृभाषी फिल्म प्रवर्धन गर्न सबै आदिवासी जनजाति एकजुट हुन आवश्यक

काठमाडौँ- आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति मातृभाषी फिल्मको निर्माण, प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरेको हो।

चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले आयोजना गरेको कार्यक्रमले आदिवासी जनजाति मातृभाषी फिल्महरुकर्मीहररुबीच समन्वय र एकता हुनुपर्ने गोष्ठीको निष्कर्ष छ। साथै कार्यक्रममा प्रायः वक्ताहरुले आदिवासी जनजाति मातृभाषी फिल्म  क्वालिटी र मौलिक कथामा निर्माण गरेर बजार विस्तार गर्नुपर्ने  सुझाव दिए।

आदिवासी जनजाति मातृ संघहरु र फिल्मकर्मीहरुको समन्यव हुनु जरुरी रहेको समितिका संयोजक ज्योति राज राईले बताए। ‘आदिवासी जनजाति मातृ संघहरुले आफ्नो स्थानबाट कामहरु गरिरहनुभएको छ।’ उनले भने। आगामी दिनमा आमी एक भएर अगाडी बढ्नुपर्छ।’ आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले त्यो कार्यलाई अघि बढाइरहेको उनले जिकिर गरे।

आदिवासी जनजाति मातृभाषी फिल्मले पनि दर्शक पाउन सक्ने भन्दै संयोजक राईले आगामी दिनमा आदिवासी जनजाति फिल्मकर्मीहरुको हित र उत्थानमा थुप्रै कार्यक्रम गर्ने योजना रहेको बताए। आफ्नो कला संस्कृति र आफ्नो मातृभाषालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने मुख्य उदेश्यले आयोजना गरिएको कार्यक्रममा आदिवासी जनजाति मातृभाषी सम्बन्धित सम्पूर्ण संघ-संस्थाको सहभागि थिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राज कुमार राई, सुनुवार सेवा समाज संघिय समिती तथा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई, निर्देशक सुरज सुब्बा नाल्बो, निर्माता तथा निर्देशक मिलन चाम्लिङ राई, भाषाबिद डा.लाल रापचा सुनुवार, तमु ह्युला छोजधी केन्द्रिय समितीका उपाध्यक्ष धनमान गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपालका गुन्ज गुरुङ, याक्थुङ चलचित्रकर्मी संघ नेपालका उपाध्यक्ष तथा चलचित्र निर्माता सैलेन्द्र नाल्बो, मगर चलचित्रकर्मी संघका अध्यक्ष भिम बहादुर राना मगर, माझी चलचित्रकर्मी संघका उपाध्यक्ष बिवस कुमार माझी, बागमती प्रदेशका पुर्व संसद तथा माझी महिला उत्थान संघका अध्यक्ष रीता माझी, नेपाल माझी उत्थान संघ केन्द्रिय समितिका कोषाध्यक्ष सन्तलाल माझी, याक्थुङ मुन्चईत संघका सदस्य हाङ चेम्जोङ, किरांत राई यायोक्खाका उपाध्यक्ष श्री जनक राई लगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति थियो।

२०६६ सालमा स्थापना भएको समितिले पहिलो पटक सम्पूर्ण मातृ संघ संस्था र आदिवासी जनजाति फिल्मकर्मीको उपस्थितिमा कार्यक्रम गरेको हो। कार्यक्रमको संचालन अम्मर लामाले गरेका थिए। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिमा संयोजक ज्योति राज राई, सदस्यहरुमा अम्मर लामा, बिस्वास मगर, सगिना सुनुवार, रबिन गुरुङ, लक्ष्मी योङहाङ, अमृता माझी र सदस्य सचिवमा हरि सिंह रैखोला रहेका छन्।

प्रकाशित: १२ चैत २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =