मौसम विभाग भन्छ : आज पनि पानी पर्छ

हिमाल प्रेस ११ चैत २०८० ४:४३
38
SHARES
मौसम विभाग भन्छ : आज पनि पानी पर्छ फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- देशका केही स्थानमा आइतबार (आज) पनि वर्षा हुने सम्भावना छ ।

आइतबारको तुलनामा सोमबार वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसहित देशका केही स्थानमा आइतबार दिउँसो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद्हरूले जनाएका छन्।

काठमाडौंमा आइतबार दिउँसो करिब १२ बजेदेखि बदली (आकाशमा बादल लाग्ने)को सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार दिउँसो २–३ बजे आसपासदेखि वर्षा हुन सक्ने उनले उल्लेख गरे ।

प्रकाशित: ११ चैत २०८० ४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =