एमाले कास्कीको अधिवेशन हुँदै, खगराज र पृथ्वीसुब्बा गुटबीच प्रतिस्पर्धा

हिमाल प्रेस १० चैत २०८० ८:०१
10
SHARES
एमाले कास्कीको अधिवेशन हुँदै, खगराज र पृथ्वीसुब्बा गुटबीच प्रतिस्पर्धा एमाले नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ- नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशन शनिबारदेखि सुरु हुँदैछ। अधिवेशनको उद्घाटन पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिवेशतको तयारी पूरा भएको जनाएको छ। अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ।

उक्त कमिटीले थप २१ जना मनोनित गरी १४१ सदस्यीय जिल्ला कमिटी बन्ने छ। अधिवेशनका लागि ९३५ प्रतिनिधि छनोट भएका छन्।

कास्कीमा यसअघि भएको जिल्ला अधिवेशनमा दुई पक्षले प्यानल बनाएर अगाडि बढेका थिए। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी प्यानल प्रतिस्पर्धा गरेका थिए।

यसपालि प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्ष आन्तरिक तयारी छ। गुरुङ पक्षबाट हालका उपाध्यक्ष तेजनारायण अधिकारी, दीपक पौडेल, माधव बास्तोला र अधिकारी पक्षबाट हालका सचिव बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षका सम्भावित उम्मेदवार हुन्।

प्रकाशित: १० चैत २०८० ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =