बहराइनसँग भिड्दै नेपाली फुटबल टोली

हिमाल प्रेस ८ चैत २०८० ८:२६
28
SHARES
बहराइनसँग भिड्दै नेपाली फुटबल टोली फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले आज बहराइनसँग खेल्दैछ। फिफा विश्वकप-२०२६ र एएफसी एसियन कप-२०२७ को छनोट अन्तर्गत दोस्रो चरणको खेल अन्तर्गत पहिलो लेगमा आज नेपालले बहराइनसँग खेल्दैछ।

बहराइनको राष्ट्रिय रंगशालमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। छनोटको समूह एचमा रहेको नेपालले २ खेल खेल्दा कुनै अंक जोडेको छैन।

फिफा वरीयतामा नेपाल १ सय ७५ र बहराइन ८२ औं स्थानमा छ । उमेर समूहमा नेपालले बहराइनसँग पटकपटक प्रतिस्पर्धा गरे पनि दुई देशका सिनियर टोली पहिलो पटक एक अर्काविरुद्ध खेल्दै छन् ।

 

प्रकाशित: ८ चैत २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =