पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाखमा

हिमाल प्रेस ७ चैत २०८० २१:३४
8
SHARES
पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाखमा

काठमाडौँ- नेपाल पत्रकार महासंघले केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ। महासंघको आज बसेको केन्द्रीय समिति बैठकले महासंघका सबै प्रदेशको अधिवेशन आगामी वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभाग प्रमुख शन्तराम बिडारीले जानकारी दिए।

महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिएको बैठकले अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ।

बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ। सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ।

सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ। कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, बागमती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो।

प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा सांगठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल गरेको बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापीरुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको संकटका विषयमा छलफल गर्ने र त्यो निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्य नै महाधिवेशनमा सहभागी हुने महासंघको विधानले व्यवस्था गरेको छ।

प्रकाशित: ७ चैत २०८० २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast