सञ्‍चार क्षेत्रमा नयाँ काम गर्छु : मन्त्री रेखा शर्मा

हिमाल प्रेस १७ चैत २०७९ १६:१३
14
SHARES
सञ्‍चार क्षेत्रमा नयाँ काम गर्छु : मन्त्री रेखा शर्मा

लुम्बिनी– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि क्षेत्रमा केही नयाँ काम गर्ने योजना रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको राष्ट्रिय मिडिया सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

मुलुकको परिवर्तनमा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै मिडिया बिलयो बनाउने गरी काम गर्न सरकार तयार रहेको उनको भनाइ छ।

बजेट र नीति कार्यक्रममा पत्रकारिता र सञ्चार क्षेत्रका योजना पेश गर्न उनले आग्रह गरिन्।

‘मिडियाले सदैव खबरदारी गराउनुपर्छ, सँगसँगै राजनीतिक दलले उपलब्धिलाई संस्थागत गर्नुपर्छ। पत्रकार परिवर्तन गर्न भूमिका खेल्यो अझै पनि चनाखो हुनु पर्छ। कानुन बन्न बाँकी छ बन्यो भने घेराबन्दी हुने अवस्था छ,’ उनले भनिन्, ‘सबैको भूमिका बदलिएकाले खबरदारी आवश्यक छ। बहुविवाह बर्जित छ तर एउटा विज्ञापनमा कानुनविपरीत प्रचार गरिएको छ बहुविवाहको प्रचार भइरहेको छ। कानुन नबुझेर पनि फसिरहेको अवस्था छ।’

सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेल, पुर्वअध्यक्षहरू डा. महेन्द्र विष्ट, गोविन्द आचार्य, नेपाल प्रेस युनियनका सभापति शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलगायतले मिडियाको विश्वसनियता जोगाउन पत्रकारहरूले नै विश्वासिलो काम गर्नु पर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =