![पत्रकार महासंघ लुम्बिनी प्रदेशको भवन उदघाटन](https://himalpress.com/wp-content/uploads/2024/12/lumbini_FNJ_Building.jpg)
लुम्बिनी– नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नवनिर्मित प्रदेश भवनको सोमबार उदघाटन गरिएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्तिले नवनिर्मित भवनको उदघाटन गरेका हुन्।
भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले जनताको सुचनाको हकलाई प्राथमिकतामा राखेर नागरिकको अधिकार बोल्ने पत्रकारहरूको संस्थाको भवन निर्माण भएकोमा खुशि व्यक्त गरे।
उनले प्रदेश सरकारको कामका बारेमा प्रश्नहरू पनि उठेको स्विकार गर्दै सरकारलाई पनि खबरदारी गर्न आग्रह गरे। सभामुख घर्तीले भवन निर्माण गरेर प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिएको बताए।
उनले आगामि दिनमा पनि सहकार्य गरेर काम गर्ने बताए। यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेलले प्रदेश भवनले महासंघको जग बसाउने काम गरेको बताए।
उनले नेपाली मिडियाले नै संघियताको मुद्वा उठाएको बताउँदै प्रदेश संरचना बलियो बनाउनुपर्नेमा जोड दिए। नागरिकको आवाज बनाउने शक्तिका रूपमा पत्रकार महासंघलाई स्थापित गर्ने बेला आएको उनको भनाइ थियो।
पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले आफ्नो संरचना बनाएर आगामी नेतृत्वलाई सहज हुने वातावरण बनाएको बताए। उनले सबैको साथ र सहयोगले भवन बनेको बताए। लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यका स्थित अर्घाखाचि शितगंगामा भवन निर्माण गरिएको उपाध्यक्ष शुक्रश्रषि चौलागाईले बताए।
भवन निर्माणका लागि प्रदेश सरकारको धेरै लगानीमा निर्मा गरिएको महासचिव विक्रम खडकाले जानकारी दिए। उनका अनुसार प्रदेश सरकार र महासंघको करिव ८० लाख लागतमा निर्माण गरिएको हो।