पत्रकार दाहाललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग

हिमाल प्रेस २० भदौ २०८० १९:१४
18
SHARES
पत्रकार दाहाललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ- नेपाल पत्रकार महास‌ंघले पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

‘अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ महासंघले भनेको छ।

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज (बुधबार) दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको विज्ञप्तिमा उल्लेख छ।

स्वतन्त्रापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघको भनाइ छ।

प्रकाशित: २० भदौ २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =