कार्यपालिका बैठकमै जनप्रतिनिधिले कुटे प्रमुख प्रशासकीय अधिकृत

हिमाल प्रेस २ चैत २०८० ६:१४
16
SHARES
कार्यपालिका बैठकमै जनप्रतिनिधिले कुटे प्रमुख प्रशासकीय अधिकृत

डडेल्धुरा- डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीनजना जनप्रतिनिधि पक्राउ परेका छन्। बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएकाे छ।

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। कार्यपालिका सदस्यहरूले बैठकमा नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन्। माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए।

बिहीबार बैठकमा पनि उनीहरूले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए। सोही विषयमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए।

जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ। जोशीको टाउकोमा तीनवटा टाका लागेको छ। घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित: २ चैत २०८० ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =