प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक विश्वासको मत लिँदै [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३० फागुन २०८० ११:५७
18
SHARES
प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक विश्वासको मत लिँदै [तस्बिरहरू]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार संसद्‌बाट विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले योसहित गरी तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

यसअघि उनले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यति बेला उनलाई नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको दलले विश्वासको मत दिएका थिए। एमालेसँग गठबन्धन तोडेर प्रचण्डले कांग्रेससहित दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका थिए।

प्रचण्डले पहिलोपटक २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा दलले विश्वासको मत दिएका थिए। अहिले फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायतका दलसँग समीकरण गरेर मन्त्रिपरिषद् विस्तार गरिएको छ। सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

 

प्रकाशित: ३० फागुन २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =