राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

हिमाल प्रेस २७ फागुन २०८० १३:३४
132
SHARES
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

काठमाडौँ- राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ।

आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सकेर बाहिर निस्किँदा उनीमाथि कुटपिट भएको हो। उनीमाथि अज्ञात समूहले कुटपिट गरेको राप्रपा नेता दीपकबहादुर सिंहले हिमाल प्रेससँग बताए। सिंहका अनुसार बैठक सकेर बाहिर निस्किँदा श्रेष्ठमाथि कुटपिट भएको थियो।

‘हामी खाना खान बाहिर निस्किँदै गर्दा एक्कासी अज्ञात युवाहरूले उहाँ (ठाकुर)माथि कुटपिट गरेका थिए।’ सिंहका अनुसार बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि कुटपिट भएको थियो। राप्रपाका एक नेताका अनुसार राप्रपा नेता विक्रम पाण्डेलाई श्रेष्ठले भ्रष्टाचार आरोप लगाएका थिए।

बैठकमा आरोप लगाएपछि पाण्डे आक्रामक बनेका थिए। त्यसलगत्तै अध्यक्ष लिङदेनले खाना खाने ब्रेक लिएका थिए। ती नेताका अनुसार खाना खान बाहिर निस्केलगत्तै कुटपिट भएको थियो।

कुटपिट भएको एउटा भिडियो क्लिप पनि बाहिरिएको छ। जसमा केही युवाहरू श्रेष्ठमाथि आक्रामक बनेर हात हालिरहेको देखिन्छ। त्यहाँ राप्रपाका नेताहरू समेत देखिन्छन्।

उनीहरू ती युवालाई रोक्ने प्रयास गरिरहेका छन्। सिंहले पार्टी कार्यालयमा सामान्य मात्र झगडा भएको बताए। अबको केही समयपछि बैठक सुरु हुने उनको भनाइ छ।

प्रकाशित: २७ फागुन २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =