लोसपाले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस २५ फागुन २०८० १८:०९
4
SHARES
लोसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो। लोसपाका महासचिव डा.सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए।

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ। पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो।

कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन्। पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ।

प्रकाशित: २५ फागुन २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =