नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा

हिमाल प्रेस २३ फागुन २०८० १६:५१
272
SHARES
नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी पनि पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक मान्दै सरकारमा जाने निर्णय गरिएको बताए।

‘हाम्रो पार्टीले सरकारलाई समर्थन जनाउँदै सरकारमा जाने निर्णय गरेको छ। यसका लागि केही स्पष्ट भूमिकाहरू हुन जरुरी छ,’ उनले भने, ‘सबै विषयमा कुरा टुंग्याउन एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई आजको बैठकले दिएको छ।’

यसअघिको नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन भत्काएर पुष्पकमल दाहालले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएका हुन्। पहिलेको गठबन्धन भत्काएपछि समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट थिए। उनै असन्तुष्ट नेपाललाई एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहालले भेटेर सरकारमा आउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव आइसकेपछि नेपालले सचिवालय बैठक डाकेर सरकारमा जाने निर्णय गराएका हुन्।

प्रकाशित: २३ फागुन २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =