२.२५ र १.५ लिटर कोका–कोला खरिदमा २५० मिलिलिटर कोका-कोला सित्तैँमा

हिमाल प्रेस २३ फागुन २०८० १२:३९
२.२५ र १.५ लिटर कोका–कोला खरिदमा २५० मिलिलिटर कोका-कोला सित्तैँमा

काठमाडौँ- नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका-कोलाले उपभोक्ताका लागि विशेष क्याम्पेन लिएर आएको छ। कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका-कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो।

यो प्रमोसनल अफर कोक एन्ड मिल्स क्याम्पेनको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘कोका-कोला सधैँ आफ्ना उपभोक्ताका लागि रमाइलो पल सिर्जना गर्न प्रतिबद्ध छ। यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ।’ यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २३ फागुन २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =