आजको राशिफल

हिमाल प्रेस २२ फागुन २०८० ५:२५
832
SHARES
आजको राशिफल

आज मिति २०८० फागुन २२ मंगलबार, फागुन कृष्ण पक्ष, नवमी तिथि, तदनुसार २०२४ मार्च ५ को तपाईको राशिफल

मेष : स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका काम चालु हुनेछन्।

वृष : श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

मिथुन : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ।

कर्कट : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

सिंह : साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ।

कन्या : पढाइ लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

तुला : काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

धनु : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

मकर : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

कुम्भ : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

मीन : आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

प्रकाशित: २२ फागुन २०८० ५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =