राप्रपा कार्यसम्पादन समिति बैठक २६ गते

हिमाल प्रेस २१ फागुन २०८० २०:५७
10
SHARES
राप्रपा कार्यसम्पादन समिति बैठक २६ गते फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।

विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न बैठक आह्वान गरिएको श्रेष्ठले बताए।

प्रकाशित: २१ फागुन २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =