मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

हिमाल प्रेस २१ फागुन २०८० ६:४८
18
SHARES
मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

ताप्लेजुङ- फुङलिङ नगरपालिका-१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुंगादेखि डढेलोसम्म ढुंगाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।

समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए ।

जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको छ । उपभोक्ता समितिद्वारा स्थानीय स्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिए ।

उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए।

एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।

प्रकाशित: २१ फागुन २०८० ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =