पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन

हिमाल प्रेस १९ भदौ २०८० ८:१५
4
SHARES
पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन

ताप्लेजुङ- प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो।

नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको थियो। उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच रुपैयाँ जम्मा रहेको बताए।

प्रकाशित: १९ भदौ २०८० ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =