नेपाल त्रिदेशीय टी-२० शृंखलाको फाइनलमा

हिमाल प्रेस १९ फागुन २०८० १४:४४
62
SHARES
नेपाल त्रिदेशीय टी-२० शृंखलाको फाइनलमा

काठमाडौँ- त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित हात पारेको छ। आजको जितसँगै नेपाल फाइनलमा पुगेको हो।

कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो।

नेदरल्याड्सका म्याक्स ओडाउडले सर्वाधिक ३१ रन बनाए। टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४-४ तथा नामिबियाको २ अंक छ। आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो। अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् ।

उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्ने ।

प्रकाशित: १९ फागुन २०८० १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =