कर्मचारीलाई शिक्षामन्त्री श्रेष्ठको चेतावनी : नियुक्ति, सरुवाबढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिन्छु

हिमाल प्रेस ४ चैत २०८० १२:१६ | Sunday, March 17, 2024
कर्मचारीलाई शिक्षामन्त्री श्रेष्ठको चेतावनी : नियुक्ति, सरुवाबढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिन्छु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालय मातहतका कुनै कर्मचारीले नियुक्ति, सरुवाबढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिने चेतावनी दिएकी छन्। उनले मन्त्रालय वा मातहतका निकायमा आफ्नो नाम लिएर पार्टीमार्फत वा कर्मचारीमार्फत साइनो लगाएर नियुक्ति र सरुवा बढुवाको ‘सोर्स फोर्स’ लाएमा मूल्यांकनमा ०.५ नम्बर घटाइदिने चेतावनी दिएकी हुन्।

मन्त्री श्रेष्ठले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ।’

कहीँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो वा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सीधै गर्न पनि उनले आग्रह गरेकी छन्। ‘निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।’

सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध थाहा पाएमा [email protected] इमेलमा उजुरी गर्न उनले आग्रह गरेकी छन्। उनले भनेकी छ, ‘हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।’

 

प्रकाशित: ४ चैत २०८० १२:१६ | Sunday, March 17, 2024

प्रतिक्रिया

One thought on “कर्मचारीलाई शिक्षामन्त्री श्रेष्ठको चेतावनी : नियुक्ति, सरुवाबढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिन्छु

  1. Is it the Minister to evaluate the performance of an employee rating with a number? I think the Minister has to read the Civil Service Act thoroughly.

Leave a Reply to Rajaram Bartaula Cancel reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast