भक्तराज आचार्यको दाहसंस्कार गरिँदै

हिमाल प्रेस १५ फागुन २०८० ७:२३
30
SHARES
भक्तराज आचार्यको दाहसंस्कार गरिँदै

काठमाडौँ- गायक एवं भजन शिरोमणी भक्तराज आचार्यको पार्थिव शरीरको आज (मंगलबार) दाहसंस्कार गरिँदैछ।

आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतका चेतन सापकोटाले जानकारी दिए।

संगीतकर्मीहरूले आचार्यको सम्मानमा आज उनको गीत गाउनेछन्।

दिउँसो १ बजेपछि अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ। र, हिन्दु संस्कारअनुसार आजै दाहसंस्कार गरिनेछ।

८१ वर्षको उमेरमा आचार्यको हिजो निधन भएको थियो।

प्रकाशित: १५ फागुन २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =