मतदाता नामावली दर्ता स्थगन

हिमाल प्रेस १३ फागुन २०८० १६:३६
8
SHARES
मतदाता नामावली दर्ता स्थगन

काठमाडौँ-– निर्वाचन आयोगले मतदाता नामावली दर्ता रोकेको छ। उपनिर्वाचनको मिति तोकेसँगै आयोगले मतदाता नामावली दर्ता गर्ने काम रोकेको हो।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन गरिएको आयोगले जनाएको छ।

आयोगको आइतबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गर्ने निर्णय गरेको हो। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपश्चात् रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को कमा रिक्त सदस्य पदका लागि मिति २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी मिति तोकेको छ।

वैशाख १५ गते उपनिर्वाचन

प्रकाशित: १३ फागुन २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =