त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

हिमाल प्रेस १० फागुन २०८० १६:४९
62
SHARES
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

शैक्षिक योग्यता, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतिकरणका आधारमा बराललाई नियुक्त गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

 व्यवस्थापन संकायका प्राध्यापक उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए। विश्वविद्यालयको शैक्षिक, भौतिक एवं संस्थागत सुधारका थुप्रै काम भएको थियो।

सबै विद्यार्थीको पहुँचमा छात्रवृत्ति र सेवा आयोग खुलाएर प्राध्यापकलाई स्थायी बनाउने काम उनकै पहलमा भएको हो। उनले राजनीतिक खिचातानीले नेपालका विश्वविद्यालय जर्जर हुँदै गएको टिप्पणी गर्दै आएका छन्। उतिबेला माओवादी सिफारिसमा उपकुलपति बनेका थिए।

त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट गरिएको हो। उपकुलपति पदका लागि दरखास्त दिएका ४३ जनामध्ये प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि १४ जना छनोट भएका थिए। नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा.बराल र प्रा.डा. टेकनाथ धमलाको नाम सिफारिस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =