नामिबियालाई नेपालको १६९ रनको लक्ष्य

हिमाल प्रेस ९ फागुन २०८० १२:०९
10
SHARES
नामिबियालाई नेपालको १६९ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आसिफ शेखले ५८ रन बनाए।

कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।

नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

प्रकाशित: ९ फागुन २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =