कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि चारवटा हलमा प्रदेशगत छलफल हुने

हिमाल प्रेस ८ फागुन २०८० १८:२९
8
SHARES
कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि चारवटा हलमा प्रदेशगत छलफल हुने

ललितपुर- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि चारवटा हलमा बुधबार प्रदेशगत छलफल हुने भएकाे छ। त्यसको लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ।

गोदावरीको सनरालाइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ। गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखुनारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागि सुझाव दिन बैठकमा छलफल गर्नेछन्।

केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्। सोमबारबाट सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगनकुमार थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्ता डा‍.प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन पेस गरेका छन्।

प्रकाशित: ८ फागुन २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =