महासमिति बैठकले ऊर्जा दिन सकेन,गठबन्धनलाई निरन्तरता दिने निर्णय गलत : भूपेन्द्रजंग शाही

हिमाल प्रेस ११ फागुन २०८० ९:०२
72
SHARES
महासमिति बैठकले ऊर्जा दिन सकेन,गठबन्धनलाई निरन्तरता दिने निर्णय गलत : भूपेन्द्रजंग शाही

काठमाडौँ- नेपाली कांग्रेसका महासमिति सदस्य भूपेन्द्रजंग शाहीले महासमिति बैठकले वर्तमान सत्ताा गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय गरेको बताएका छन्। उनले बहुसंख्यक नेताकार्यकर्ताको चाहनाविपरीत बैठकले उक्त निर्णय गरेको बताए।

ललितपुरको गोदावरीमा बिहीबार सम्पन्न महासमिति बैठकपछि बोल्दै शाहीले महासमिति सदस्यहरूको चाहनाविपरीत वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने बैठकको निष्कर्ष ठीक नभएको बताएका हुन्। महासमिति बैठक गत सोमबारबाट सुरु भएको थियो।

उनको भनाइ छ,‘महासमिति सदस्यहरूको चाहनाविपरीत यही गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय गर्नु बहुमतको उपहास भएको छ। गठबन्धन गर्नुहुन्न भन्नेमा जति छलफल भएपनि अन्तिमा सबै पदाधिकारीहरूले यही गठबन्धनको वकालत गर्नु दुःखद् विषय हो।’

महासमिति बैठक आमनागरिकका समस्यामा स्पष्ट सन्देश दिन चुकेको शाहीको टिप्पणी छ। उनी भन्छन्, ‘यो बैठकले जनताका समस्या, पार्टीमा आमूल रूपान्तरणको खाका, एकता सन्देश र आमनेताकार्यकर्तालाई ऊर्जा दिन सकेन।’ महासमिति बैठक धेरै समयपछि आयोजना गर्नु र शान्तिपूर्वक सम्पन्न गर्नुलाई भने उनले उपलब्धि ठानेका छन्।

बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव,अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने अर्थमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा प्रस्तुत गरेका थिए।

गठबन्धन सरकारलाई निरन्तरता दिने कांग्रेस महासमिति बैठकको निष्कर्ष


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =