संघीय कानुन बनाउन जोड दिनुपर्छ : सिंह

हिमाल प्रेस १० फागुन २०८० १८:००
6
SHARES
संघीय कानुन बनाउन जोड दिनुपर्छ : सिंह

ललितपुर- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकात्मक र संघीय सरकारमा के फरक छ भनेर देखाउने भए संघीय कानुन बनाउन जोड दिनुपर्ने बताएका छन्। महासमिति बैठक समापनका अवसरमा बिहीबार बोल्दै उनले अहिलेको चुनौती प्राप्त उपलब्धिको संरक्षण र संविधानको पूर्ण कार्यान्वयन भएको बताए।

होला र गर्न सकिएला र भन्ने खालको प्रश्न खडा भएको भन्दै उनले सबैले सन्देश हाम्रै पालामा हाम्रै नेतृत्वमा कांग्रेसले गर्छ भन्ने दिनुपर्ने बताए।

प्राप्त अधिकार सुरक्षित र संस्थागन गर्दै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाएर तीन तहको सरकार सक्रिय रहेर केन्द्रीकृत र संघीय सरकारको भिन्नता स्पष्ट पार्नुपर्ने सिंहको भनाइ छ।

प्रकाशित: १० फागुन २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =