पाल्पामा टिपर दुर्घटनामा दुईजनाको मृत्यु

हिमाल प्रेस ७ फागुन २०८० १४:५६
10
SHARES
पाल्पामा टिपर दुर्घटनामा दुईजनाको मृत्यु

पोखरा– पाल्पाको माथागढी गाउँपालिकामा सोमबार टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका-५ आर्थोकघाटस्थित रहबास-खैरेनी भित्री कच्ची सडकखण्डमा रुपन्देहीको खैरेनीबाट घामीका ढुंगाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर बिहान करिब ९ बजे दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनीष परियार रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फागुन २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =