कांग्रेसले एकताको सन्देश दिन नसक्दा जनताले प्रश्न उठाए : ललितपुर सभापति श्रेष्ठ

हिमाल प्रेस ७ फागुन २०८० १५:२१
14
SHARES
कांग्रेसले एकताको सन्देश दिन नसक्दा जनताले प्रश्न उठाए : ललितपुर सभापति श्रेष्ठ

ललितपुर– नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीमा एकताको सन्देश दिन नसक्दा जनताले औँला ठड्याउने मौका पाएको बताएका छन्। ललितपुरको गोदावरीमा सोमबार सुरु भएको पार्टी महासमिति बैठक उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले कांग्रेसले एकताको सन्देश दिन ढिला गर्न नहुने बताए।

‘आज नीति अधिवेशनका रूपमा हामी महासमिति बैठकमा उपस्थित छौँ। यसपालिको नीति अधिवशेनले कांग्रेस एकताका साथ  अघि बढेको छ भन्ने सन्देश दिनुपर्छ’, उनले भने, ‘अहिले हामीलाई जनताले हात ठड्याएको अवस्था छ। विभिन्न माध्यमबाट गाली गर्ने र हामी बीचमा भएको कुरामा जनताले प्रश्न उठाएका छन्। अब यसलाई निमिट्यान्न पार्नुपर्छ।’

सभापति श्रेष्ठले अन्य दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश दिन सके आउँदो निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे। ‘अन्य दलले बजारमा ८४/८४ भन्ने हल्ला बजारमा चलाएका छन्। हामी एक भए ८४ मा त्यसरी पहिलो पार्टी हुन्छौँ। तर यो मञ्चबाट एकताको सन्देश दिनुपर्ने अवस्था छ’, उनले भने।

उनले ललितपुर जिल्लाले एकताको सन्देश दिँदा गएको स्थानीय चुनावमा ५६ प्रतिशत मत ल्याएको बताए। उनले पार्टीले ८४ को निर्वाचनमा ७५ प्रतिशतमाथि मत ल्याउने दाबी गरे।

प्रकाशित: ७ फागुन २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =