कांग्रेसको महासमिति बैठक सुरु

हिमाल प्रेस ७ फागुन २०८० १४:३६
10
SHARES
कांग्रेसको महासमिति बैठक सुरु

ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार बैठक सुरु भएको हो।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने मूल नाराका साथ सुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ।

२०७८ मंसिर २४ गते काठमाडौँमा सम्पन्न १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा देशभरबाट आएका दुई हजारभन्दा बढी महासमिति सदस्य सहभागी छन्।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना सहभागी छन्।

केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ स्रघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी भएका छन्।

प्रकाशित: ७ फागुन २०८० १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =