‘बैंक, बीमा र व्यापार एउटै व्यापारिक घरानाको हातमा पुग्दा गम्भीर आर्थिक संकट आउने देखियो’

हिमाल प्रेस ६ फागुन २०८० १३:२२
16
SHARES
‘बैंक, बीमा र व्यापार एउटै व्यापारिक घरानाको हातमा पुग्दा गम्भीर आर्थिक संकट आउने देखियो’

काठमाडौँ- नेकपा एमालेका नेता एवम् सांसद गोकर्ण विष्टले सबै आर्थिक क्रियाकलाप तथा व्यापारमा एउटै व्यावसायिक घरानाको हात हुँदा आउन सक्ने सम्भावित आर्थिक सङ्कटका बारेमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधिसभा संसदमा जारी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सांसद विष्टले भने, ‘एउटै पारिवारिक संस्थाको रूपमा बैंक, बीमा, आयात निर्यात र व्यापार एउटै समूहले गर्दा देशको अर्थतन्त्रमा गम्भीर संकट आउने देखिन्छ। यस्तो सम्भावित जोखिमबाट जोगाउन सरकारले कस्तो कदम चाल्दैछ ? एउटै परिवारले सबै आर्थिक क्रियाकलापमा हालीमुहाली गर्दा के समतामूलक समाजको विकास होला ?’ सांसद विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थप प्रश्न गरेका छन्।

संवेदनशील र महत्त्वपूर्ण प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस विषयमा सरकार गम्भीर सचेत रहेको बताए।‘उद्योग व्यवसाय, व्यावसायिक घरानाले उत्पादनमा जोड दिँदा रोजगारी सिर्जनामा सहयोग पुग्छ। तर सीमित स्रोत र पुँजी कुनै समूहमा केन्द्रित हुँदा समस्या आउने हुँदा एक व्यक्ति वा समूहले लिन सक्ने कर्जा र सुविधालाई नियन्त्रण गरिएको छ।’

एउटा व्यक्ति वा समूहले कुन-कुन क्षेत्रमा लगानी गर्न पाउने र मुनाफा लिन पाउने भन्ने विषयमा थप नीति बन्न आवश्यक छ। यसका लागि सरकारले गृहकार्य गरिरहेको छ। आगामी आर्थिक वर्षदेखि सुरु हुने १६ औँ पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र बजेटले समानता र समतामूलक विकासका लागि विशेष कार्यक्रम ल्याउने अवगत गराउन चाहन्छु’ प्रधानमन्त्रीले जवाफ दिए।

प्रकाशित: ६ फागुन २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =