एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ : गोकर्ण विष्ट

हिमाल प्रेस २१ साउन २०८० १५:१३
10
SHARES
एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ  : गोकर्ण विष्ट

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरेका छन्।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए।

‘नेपाल राष्ट्रले आज जुन प्रकारका गम्भीर संकटहरू सामना गरिरहेको छ। यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाई हाम्रो पार्टीले गरिरहेको छ,’ उनले भने, ‘यहाँहरूलाई थाहा छ–हाम्रो देशमा उदार पूँजीवादमार्फत् नेपाली समाजलाई पूँजीवादतिर धकेल्ने अनेकन प्रयत्नहरू चलिरहेको छ।’

उनले आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको समेत उनले बताए। सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता औंल्याए।

‘यसबाट जोगाउँदै राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा हाम्रो पार्टी अगाडि बढिरहेको छ,’ विष्टले भने।

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको पनि बताए।

प्रकाशित: २१ साउन २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =