अस्ट्रेलियाले कति पटक जित्यो यू-१९ विश्वकपको उपाधि?

हिमाल प्रेस २९ माघ २०८० ७:१३
36
SHARES
अस्ट्रेलियाले कति पटक जित्यो यू-१९ विश्वकपको उपाधि?

काठमाडौँ- यू-१९ विश्‍वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। योसँगै अस्ट्रेलिया यू–१९ मा ४ पटक विश्वकप विजेता बनेको हो।

आइतबार भएको फाइनलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै विश्वकपको उपाधि हात पारेको हो।

पहिले ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो।

अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।

तर लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको प्रदर्शन बलियो भएन र भारतीय टोली ४३.५ ओभरमा ३.९६ रन रेटमा १७४ रनमा अलआउट भयो।

भारतका लागि आदर्श सिंह ४७ र मुरुगन अभिषेक ४२ले सर्वाधिक रन बनाए।
मुशीर खानले २२ रनको योगदान दिए। अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३३ विकेट लिए।

सुरुवाती ब्याटिङमा अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए। कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए।

भारतका लागि राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

अस्ट्रेलियाले यसअघि सन् १९८८, २००२ र २०१० मा यू-१९ विश्वकप उपाधि जितेको थियो।

प्रकाशित: २९ माघ २०८० ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =