यू-१९ विश्वकप : फाइनलमा भारतको प्रतिस्पर्धी पाकिस्तान कि अस्ट्रेलिया?

हिमाल प्रेस २४ माघ २०८० ७:३२
14
SHARES
यू-१९ विश्वकप : फाइनलमा भारतको प्रतिस्पर्धी पाकिस्तान कि अस्ट्रेलिया? भारतीय व्याटर सचिन दास तस्बिर : आईसीसी

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटको फाइनलमा भारत प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा घरेलु टोलीलाई २ विकेटले हराउँदै भारत फाइनल प्रवेश गरेको हो।

२४५ रनको जवाफी लक्ष्य भारतले ४८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।
भारतलाई जिताउन कप्तान उदय शरण र सचिन दासले राम्रो प्रदर्शन गरे। खराब सुरुआत गरेको भारतलाई सचिन र दासले सम्हालेका थिए।

टस हारेर पहिला व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रन बनाए। यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रन बनाए।

भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिँदा मुशेर खानले २ विकेट हात पारे। नमन तिवारी र सौम्य पाण्डेले एक एक विकेट लिए।

भारतको फाइनल प्रतिस्पर्धी को?

दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा जिम्बाबेमाथि २२५ रनको विशाल अन्तरको जित निकालेको थियो।

समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा पुगेको हो।

सुपर सिक्सको पहिलो खेलमा इग्ल्यिाण्डलाई डिएल पद्धतिमा ११० रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो।

सुपर सिक्सको समूह विजेता बन्दै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।

 

 

प्रकाशित: २४ माघ २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =