यू-१९ विश्वकप : फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो

हिमाल प्रेस २८ माघ २०८० १३:५०
यू-१९ विश्वकप :  फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ- आईसीसी यू-१९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ। दक्षिण अफ्रिकाको विलोमार पार्कमा भारत र अस्ट्रेलियाबीच फाइनल प्रतिस्पर्धामा हुँदैछ।

खेल केही समयपछि सुरु हुँदैछ।

भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो। दुवै सेमिफाइनल खेलिएको बेनोनी मैदानमा नै फाइनल खेल हुनेछ।

भारत र अष्ट्रेलिया दुवैले प्रतियोगितामा हार बेहोरेका छैनन्।

प्रकाशित: २८ माघ २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =