विश्वकप क्रिकेट लेखेर यू-१९ नेपाली टोली स्वदेश फिर्ता

हिमाल प्रेस २२ माघ २०८० १३:२०
18
SHARES
विश्वकप क्रिकेट लेखेर यू-१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ- दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए। स्वदेश फर्किएपछि कप्तान देव खनालले ब्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए। उनले यू–१९ विश्वकप क्रिकेटलाई अनुभवको रूपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए।

त्यस्तै अलराउन्डर गुल्शन झाले सोचेजस्तो खेल भए पनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको बताए। उनले बलिङको तुलनामा ब्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा बताए।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेस्ट मुलुकसँगको खेल नेपालका लागि ठूलो अनुभव भएको बताए। प्रतियोगिताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए।

समूह चरणमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो। तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित: २२ माघ २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =