एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात

हिमाल प्रेस २७ माघ २०८० ११:००
8
SHARES
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

शनिबार मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालको महिला क्रिकेट टिमले हङकङलाई ८ विकेटले हराएको हो।

हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १४ दशमलव १ ओभरमा पूरा गर्‍यो।

नेपालको इनिङ्समा कप्तान इन्दु वर्माले सर्वाधिक ४० रन बनाइन्। सिता राना मगरले नटआउट ३६ रनको योगदान गरिन्। ओपनर कविता कुँवरले ४ रन बनाउँदा रुबिना क्षेत्री शुन्य रनमै नटआउट रहिन्।

हङकङका इकरा साहर र चान रा मानले समान एक एक विकेट लिए।

सुरुवातमा ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो। चान का याङले सर्वाधिक २१ रन बनाएकी थिइन्।

नेपालकी पूजा महतो र रुबिना क्षेत्रीले समान दुई-दुई विकेट लिए। सिता राना मगर र कविता जोशीको नाममा एक-एक विकेट रह्यो।

नेपाल प्रतियोगिताको समूह डीमा रहेको छ। जित सहित नेपालले समूहमा दुई अंक जोडेको छ। नेपाल रहेको समूहमा हङकङ, भुटान, माल्दिभ्स छन्। शीर्ष दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: २७ माघ २०८० ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =