साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

हिमाल प्रेस २६ माघ २०८० १४:५१
साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

काठमाडौँ– साइमेक्स इंक प्रालिले बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिको नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल-चाइना फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ। चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्‌द्वारा आयोजना गरिने सो खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यू-२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ। यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने दाबी कम्पनीको छ।

प्रकाशित: २६ माघ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =