कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

हिमाल प्रेस २५ माघ २०८० १७:२३
कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका-३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता मेन्डरका लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ।

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरका लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिकाअन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेन्डर सर्भिस बुथ निर्माण गरिएको हो।

बुथको उद्घाटन काठमाडौँ महानगरपालिका-३ की वडा सदस्य सीता थापाले गरेकी थिइन्।

प्रकाशित: २५ माघ २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =