एनसेलले ल्यायो ‘डबल मजा प्याक’

हिमाल प्रेस २५ माघ २०८० ११:१६
एनसेलले ल्यायो ‘डबल मजा प्याक’
काठमाडौँ–  एनसेलका ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन पाउने भएका छन्। यस अफरअन्तर्गत ‘डबल मजा प्याक’ खरिद गर्न सकिने एनसेलले जनाएको छ। ‘ग्राहकहरुले एकदमै मन पराएको डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो’, एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो अफरमा ग्राहकले सात दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन्। त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्नेछन्।
‘यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।’
डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गर्न सक्छन्। साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ।
सात दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी रु. ८८८ को प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने एनसेलको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २५ माघ २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =